चन्दको राजीनामा रितपूर्ण’ नभएको भन्दै हेडक्वार्टरबाट फिर्ता

काठमाडौं । माघ २२, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख डीआईजी अर्जुन चन्दको राजीनामा ‘रितपूर्ण’ नभएको भन्दै प्रहरी प्रधान कार्यालय,नक्सालबाट फिर्ता गरिदिएको छ ।
गएको शनिबार उनले राजीनामा दिएको विषय सार्वजनिक भएको थियो ।
‘घरायसी’ कारण देखाउँदै उनले राजीनामा दिएको पत्र आइतबार प्रहरी प्रधान कार्यालयको मानवस्रोत विभागमा पुगेको थियो ।
सोमबार प्रहरी महानिरीक्षक आईजीपी वसन्तबहादुर कुँवर, मानवस्रोत विभागका प्रमुख एआईजी टेकप्रसाद राईलगायतले उनीसँग छलफल गरेर राजीनामा नदिन सुझाएका थिए ।
छलफलमा सहभागी एक अधिकृतका अनुसार, २९ वर्ष प्रहरी सेवामा बिताएपछि केही महिना बाँकी रहँदा राजीनामा दिँदा राम्रो सन्देश नजाने भन्दै आईजीपी कुँवरले उनलाई निर्णय फिर्ता लिन भनेका थिए । डीआईजी चन्द कुँवरकै ब्याचमेट हुन् ।
लामो छलफलपछि मानवस्रोत विभागका प्रमुख राईले ‘राजीनामाको पत्र समेत रितपूर्वक नभएको’ बताएका थिए ।