रास्वपाद्धारा गैरसरकारी विधेयक अभ्यास गर्ने तयारी

काठमाडौं । माघ २२, राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभाको चालु अधिवेशनमा विभिन्न विषयमा गैरसरकारी विधेयक अघि बढाउने तयारी गरेको छ ।
सोमबार प्रतिनिधिसभाको बैठक बस्नुअघि बसेको रास्वपाको संसदीय दलको बैठकमा गैरसरकारी विधेयकको अभ्यास गर्ने विषयमा छलफल भएको सांसद मनिष झाले जानकारी दिए ।
नेपालको संसदीय अभ्यासमा धेरै विधेयक सरकारले नै ल्याउने प्रचलन छ । तर सांसदहरुले आफ्नो विज्ञता भएको विषयमा विधेयक तयार गरी गैरसरकारी विधेयकका रुपमा संसदमा दर्ता गराउन सक्छन् ।
रास्वपाका सहप्रवक्तासमेत रहेका झाले केही सांसदहरुले आफूहरु गैरसरकारी विधेयक ल्याउने विषयमा अध्ययनमा रहेको जानकारी गराएका थिए ।
पार्टीका उपसभापति स्वर्णिम वाग्लेले गैर सरकारी विधेयक ल्याउँदा ध्यान दिनुपर्ने विषयमा सांसदहरुलाई जानकारी गराएका थिए ।