केपी ओली प्रचण्ड माधव नेपाल एमाले


मेनुका पौडेललाई नेपालमा पुष्पगुच्छा र फूलमालाले स्वागत

सहयात्रा टिभी

काठमाडौं । माघ २२, इण्डियन आइडलकी प्रतिस्पर्धी मेनुका पौडेललाई नेपालमा भव्य स्वागत गरिएको छ ।

पूर्वको मेचीपुल हुँदै सोमबार नेपाल आइपुगेकी उनलाई सर्वसाधारणदेखि संघसंस्थाले स्वागत गरे ।

उनलाई भारत सीमावर्ती काँकडभिट्टामा नेपालीले फूलमालाले स्वागत गरेका थिए । झाँकी र र्‍यालीसहित गाडीमा चढाएर उनलाई काँकडभिट्टा नगर परिक्रमा गराइएको थियो ।

धुलाबारी, चारआली हुँदै विर्तामोड र अर्जुनधारामा उनलाई परिक्रमा गराउँदा स्थानीयले पुष्पगुच्छा र फूलमालाले स्वागत गरे । गृहनगर चारआलीमा आयोजित विशेष कार्यक्रममा पनि स्वागत तथा सम्मान गरियो ।

उक्त समारोहमा मेनुकाले सबैलाई धन्यवाद दिइन् । नेपाली कलाकारको प्रतिनिधित्व गर्दै अभिनेता विल्सनविक्रम राई तक्मे बुढाले मेनुकालाई सम्मान प्रदान गरे । उनी गृहनगर आउँदा सर्वसाधारण बाटोमा माला लिएर प्रतिक्षा गरिरहेको बताइएको छ ।

इण्डियन आइडलको सिजन १४ को अन्तिम १० बाट मेनुका आइतबार बाहिरिएकी थिइन् । उनले शोको क्रममा चर्चित ‘सलार’बाट भारतीय फिल्ममा डेब्यु गरिन् । शोले उनलाई निकै चर्चा दिलायो । उनले अबको एक वर्षसम्म आफू फिल्म, रेकर्डिङ र कन्सर्ट गायनमा व्यस्त हुने समेत बताएकी छन् ।

झापामा आयोजित स्वागत कार्यक्रममा बोल्दै मेनुकाले आफूलाई नेपाली संगीतले संघर्ष गर्नुपर्छ भनेर सिकाएको बताइन् । उनले यहाँसम्म आइपुग्नु नसोचेको सफलता भएको समेत बताइन् ।

 

प्रकाशित : 5 February, 2024

प्रतिक्रिया दिनुहोस्