शोक प्रस्तावको विषयमा बैठक बस्न ‘समुदायमा कांग्रेस’ अभियान र यात्रा स्थगित

सहयात्रा टिभी

काठमाडौँ । माघ २३, नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै छ । बैठक बिहान १० बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

 

उनका अनुसार केन्द्रीय सदस्य केशव कुमार बुढाथोकीको निधनको शोक प्रस्तावको विषयमा बैठक बस्न लागेको हो । बुढाथोकीको गएराति विराटनगरमा उपचारको क्रममा निधन भएको थियो ।

पूर्वमन्त्री समेत रहेका बुढाथोकीको गएराति विराटनगरमा उपचारको क्रममा निधन भएको थियो । नेपाली कांग्रेसको ‘समुदायमा कांग्रेस’ अभियान र महामन्त्री गगन कुमार थापाको संवाद यात्रा स्थगित भएको छ ।

केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीको निधनको शोकमा ‘समुदायमा कांग्रेस’ अभियान र संवाद यात्रा स्थगित भएको हो ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूलाई उपस्थित हुन भनिएको छ ।

यसको औपचारिक निर्णय आज बिहान बोलाइएको केन्द्रीय समितिको आकस्मिक बैठकले गर्ने छ ।

समुदायमा कांग्रेस अभियान यही माघ १६ गतेदेखि सुरु भएको थियो । त्यसका लागि माघ १३ गतेदेखि नै सबै जिल्लामा केन्द्रीय प्रतिनिधि र सातै प्रदेशमा शीर्ष नेताहरु खटाइएको थियो ।

 

प्रकाशित : 6 February, 2024

प्रतिक्रिया दिनुहोस्