केपी ओली प्रचण्ड माधव नेपाल एमाले


औषधि व्यवस्था विभागले लोमसको ओनो सिरप बिक्रीमा रोक

सहयात्रा टिभी

काठमाडौँ । माघ २३, औषधि व्यवस्था विभागले लोमस फार्मास्युटिकल्स प्रालिले उत्पादन गरेको ओनो सिरप बिक्रीमा रोक लगाएको छ ।

विभागको सूचनामा उक्त औषधिको बजारबाट नमुना ल्याएर परीक्षण गर्दा मापदण्ड अनुसार नपाइएको पाइएको उल्लेख छ ।

बजार अनुगमनका क्रममा ल्याइएको ONSO123 ब्याचको नमूना राष्ट्रिय औषधि प्रयोगशालाम परीक्षण गर्दा मापदण्ड अनुसार नपाइएको भन्दै बिक्रीमा रोक लगाइएको हो ।

उक्त औषधि वाकवाकी र उल्टीको उपचारका लागि प्रयोग गरिन्छ । विभागले गत साता पनि लोमसले उत्पादन गरेको सेटोफेन (प्यारासिटामोल) ट्यावलेटको ऋत्–CT–2023 ब्याचको औषधि पनि ‘डज नट कम्प्लाइ’ भन्दै बजारबाट फिर्ता (रिकल) गर्न निर्देशन दिएको थियो ।

विभागले ओनो सिरपको ‘लिकेज’को सम्वन्धमा जाँचबुझ प्रतिवेदन सहित उद्योगको मुख्य प्राविधिकलाई १५ दिन भित्र विभागमा उपस्थित हुनका लागि समेत निर्देशन दिएको छ ।

 

 

 

 

प्रकाशित : 6 February, 2024

प्रतिक्रिया दिनुहोस्