सिनामंगलमा एम्बुलेन्सको ठक्करले एक जनाको मृत्यु

काठमाडौँ । माघ २३, काठमाडौंको सिनामंगलमा एम्बुलेन्सले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।
सोमबार राति साढे ७ बजेतिर काठमाडौं महानगरपालिका-९ सिनामंगलस्थित सडकमा एम्बुलेन्सले सडकमा सुतिरहेका एक पुरूषलाई ठक्कर दिएको हो।
सडकमा मागेर त्यहीँ बस्ने उदयपुरका ३५ वर्षीय दीपक राईको मृत्यु भएको प्रहरले जनाएको छ।
सुतिरहेका उनलाई मधेस प्रदेश ००१ प ११३४ नम्बरको एम्बुलेन्सले ठक्कर दिएपछि मृत्यु भएको प्रहरीले जनाएको छ।