सुनको मूल्य घट्यो

सहयात्रा टिभी

काठमाडौँ । माघ २३, मंगलबार सुनको मूल्य तोलामा ५ सय रुपैयाँ घटेको छ । महासंघका अनुसार मंगलबार तेजावी सुन १ लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला १ लाख १८ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार १ लाख १८ हजार रुपैयाँमा झरेको छ ।

विगत ३ दिनमा सुनको मूल्य तोलामा १ हजार ५ सय रुपैयाँ घटेको छ । आइतबार ६ सय, सोमबार ४ सय र मंगलबार ५ सय रुपैयाँ मूल्य घटेको हो ।

त्यस्तै चाँदीको मूल्य भने स्थिर छ । सोमबार प्रतितोला १ हजार ४२० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार पनि सोही दरमा कारोबार भइरहेको छ ।

 

प्रकाशित : 6 February, 2024

प्रतिक्रिया दिनुहोस्