अन्तिम खेलमा भारतसँग पराजित हुँदै नेपाल बाहिरियो

सहयात्रा टिभी

काठमाडौँ । माघ २३, साफ यू -१९ महिला च्याम्पियनसिपअन्तर्गत समुह चरणको अन्तिम खेलमा भारतसँग ४-० ले पराजित हुँदै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ ।

पहिलो हाफ शून्यको बराबरीमा सकिए पनि खेलको दोस्रो हाफमा भारतले ४ गोल गरेको हो । भारतका लागि खेलको ५४ औं मिनेट र ८१ मिनेटमा नेहाले गोल गरिन् ।

८६ औं मिनेटमा सुलन्जना राउलले र त्यसपछि सिन्डी कोनीले गोल गर्दै नेपाललाई ४–० ले पछि पारिन् ।

यो हारसँगै चार टिम सम्मिलित प्रतियोगितामा भुटान र नेपाल बाहिरिएका छन् । भारतले बिहीबार घरेलु टिम बंगलादेशसँग फाइनल खेल्नेछ ।

 

प्रकाशित : 6 February, 2024

प्रतिक्रिया दिनुहोस्