प्रतिनिधि सभा बैठक बस्दै, दलका नेताहरूले सम्बोधन गर्ने
सहयात्रा टिभी
काठमाडौं । माघ २४, संघीय संसदको प्रतिनिधिसभा बैठक आज पनि बस्दै छ । बैठक आज बिहान ११ बजेका लागि तय भएको छ ।

आजको बैठकमा दलीय आधारमा नेताहरुले मन्तव्य राख्ने कार्यसूची छ । मंगलबारदेखि बैठक सुरु भए पनि पहिलो दिन नेताहरूले भनाइ राखेका थिएनन् । यसैगरी आजकै बैठकमा सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी ऐनलाई संशोधन गर्ने विधेयक दफावार छलफलसहित पारित गर्ने कार्यसूची छ ।


