केपी ओली प्रचण्ड माधव नेपाल एमाले


विपिन र मिरुनाको ‘ऊनको स्वीटर’ को फर्स्टलुक सार्बजनिक

सहयात्रा टिभी

काठमाडौँ । माघ २४, कथावाचन शैलीका गीतमा अब्बल मानिएका नवीन चौहानको निर्देशनमा बन्न लागेको पहिलो फिल्म ‘ऊनको स्वीटर’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । पुरानो ‘टेक्स्चर’मा तयार पारिएको पोस्टरमा विपिन कार्की र मिरुना मगर चित्रित छन् । ८०/९० को दशकतिर फोटो खिच्ने ट्रेन्डलाई पोस्टरले प्रतिबिम्बित गर्छ । पोस्टरमा विपिन उभिएका छन् भने मिरुना कुर्सीमा बसेकी छन् ।

ऊनको स्वीटर लगाएका विपिन हँसमुख भावमा भलाद्मी देखिएका छन् । मिरुना भने मगर पहिरनमा छिन् । उनको अगाडिको कपालले निधार छोपेको छ । पोस्टरले विपिन र मिरुना श्रीमान्-श्रीमतीको भूमिकामा हुने संकेत गरेको छ । आगामी बैशाखबाट छायांकनको तयारी गरिएको फिल्ममा विपिन र मिरुनासँगै माओत्से गुरुङ, एलेक्स विश्वकर्मा (पारस), परीक्षा लिम्बु, अनिल सुब्बा, सुरज तमु, मिलन खत्री, अरुण पुन मगर लगायतको पनि अभिनय रहनेछ । सुजन चापागाईं र कोविद बज्रको संगीत रहने फिल्मलाई चिन्तनराज भण्डारीले खिच्नेछन् भने निर्देशक चौहानको लेखन छ । आर्टमान्डुले फिल्मको निर्माण गर्नेछ ।

निर्देशक चौहानले आर्टमान्डुमार्फत ‘तीनपाते’, ‘घुमीघुमी’, ‘फूलथुंगे रानी’, ‘सुनाखरी’, ‘के माया लाग्छ र’, ‘बटौली’ लगायतका गीतको म्यूजिक भिडियो निर्माण गरिसकेका छन् । विपिनले नवीनको निर्देशनमा ‘बटौली’ र ‘घुमीघुमी’ गरी दुई गीतमा काम गरेका थिए ।

प्रकाशित : 7 February, 2024

प्रतिक्रिया दिनुहोस्