अर्धशतक बनाउँदै कुशल आउट

सहयात्रा टिभी

काठमाडौं । माघ २५,  नेपालका ओपनर कुशल भुर्तेल क्यानडासँगको पहिलो ओडिआई खेलमा अर्धशतक बनाउँदै आउट भएका छन् । स्पिनर तथा कप्तान साद विन जफरको १९ औं ओभरको तेस्रो बलमा अघि बढेर सट खेल्न खोजे पनि मिस भएपछि कुशल भुर्तेल ६२ रनमा विकेटकिपर मोभाबाट स्टम्पिङ आउट भएका हुन् ।

उनले ५८ बलमा ९ चौका र १ छक्का हाने । उनको ओडिआई करिअरको सातौं अर्धशतक हो । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले २१ ओभरमा ३ विकेट गुमाउादै १०६ रन बनाएको छ । भीम सार्की १७ र कुशल मल्ल ४ रनमा खेलेका छन् ।

चोभार एन्डबाट आएका युवा तीव्र गतिका बलर उदय भगवानको नवौं ओभरको बल थर्डम्यानमा खेल्ने धुनमा आशिफ शेख धलिवालबाट ८ रनमा सहजै आउट भएका थिए । कप्तान रोहित पौडेल सोहिको सर्ट बलमा रोक्न खोजे पनि टप एज लागेर प्वाइन्टमा ठकेरबाट ८ क्याच आउट भएका थिए ।

प्रकाशित : 8 February, 2024

प्रतिक्रिया दिनुहोस्