टीकापुर जग्गा अनियमितता प्रकरणको मुद्दा विशेष अदालतमा पेस

सहयात्रा टिभी

काठमाडौं । माघ २५, कैलालीको टीकापुरमा अनियमित रुपमा जग्गा वितरण गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा पेस गरेको छ ।

यो मुद्दामा २४९ जनालाई प्रतिवादी बनाइएको विशेष अदालत स्रोतले बताएको छ । टीकापुर बजार क्षेत्रको करिब ३० बिघा (६०० कट्ठा) सरकारी जग्गा नक्कली कागज बनाएर नेता, कार्यकर्ता र तिनका आफन्तले मिलेमतोमा हत्याएको भन्दै अख्तियारले छानबिन थालेको थियो ।

अनुसन्धानपछि अख्तियारले ७ बिघा जग्गा व्यक्तिको नाममा वितरण गरेको दाबीसहित मुद्दा पेस गरेको हो ।

प्रकाशित : 8 February, 2024

प्रतिक्रिया दिनुहोस्