रिजन ढकालले पाचौं बलमा नै विकेट लिए
सहयात्रा टिभी
काठमाडौं । माघ २५, रिजन ढकालले आफ्नो करिअरको पाँचौं बलमा अन्तर्राष्ट्रिय पहिलो विकेट लिएका छन् ।
क्यानडासँगको एक दिवसीय क्रिकेटमा नेपालको राष्ट्रिय टिमबाट डेब्यू गरेका उनले पाचौं बलमा नै विकेट लिएका हुन् । उनले नवनित दलिवाललाई व्यक्तिगत ६ रनमा आउट गरे ।
लेन्थको बल नवनित एज लागेर फस्ट स्लिपमा आरिफ शेखबाट सहज क्याच आउट भए । जितका लागि २२५ रनको लक्ष्य पछ्याएको क्यानडाले २.५ ओभरमा १ विकेट गुमाएर १९ रन बनाएको छ ।