नेपाल प्रहरीमा जागिर खुल्यो (विज्ञापनसहित)

काठमाडौं । माघ २६, नेपाल प्रहरीमा रोजगारीका लागि अवसर आएको छ । प्रहरी प्रधान कार्यालयले प्रहरी जवान र कार्यालय सहयोगी माग गरेको हो । जवानतर्फ १८५६ जना मागेको छ । यस्तै कार्यालय सहयोगीमा भान्छेदेखि खेलाडीसम्म ९४ माग गरिएको छ ।
प्रधान कार्यालयले जारी गरेको सूचना अनुसार भान्छे ५३, हजाम, ७, कुचिकार २० र खेलाडी १४ जना रहेका छन् । खेलाडी पदमा एथ्लेटिक्स, उसु, भारोत्तोलन, कराँते, तेक्वान्दो, जुडो, भलिबल, फुटबल, टेबल टेनिस र बक्सिङ विधामा मात्रै दरखास्त दिने सकिने छ । दरखास्त चैत ९ गतेसम्म दिने सकिने कार्यालये जनाएको छ ।