नयाँ गीत ‘यहि त होनी माया’ मा विमल र गरिमाको जोडी
सहयात्रा टिभी
काठमाडौँ । माघ २६, गायक हिमाल सागर र गायिका अन्नु चौधरीको स्वरमा नयाँ गीत ‘यहि त होनी माया’ सार्वजनिक गरिएको छ । शब्द र सङ्गीत विमल अधिकारीकै रहेको गीतमा उनी मोडलिङमा समेत देखिएका छन् ।
भावना म्युजिक सोलुसनबाट निर्माण गरिएको गीतको भिडियोमा विमलको अलवा गरिमा शर्मालाई पनि देख्न सकिन्छ । भिडियोका निर्देशक मौसम हिमाली हुन् । राजेश घिमिरेको छायाङ्कन रहेको भिडियोमा विकास ज्ञवालीको सम्पादन छ । विमलको यस अगाडि ‘ए होर माया’ र ‘आहा माया’ आएको थियो ।