कृषि विकास बैंकले यस पटक कुनै लाभांश नदिने

सहयात्रा टिभी

काठमाडौं । माघ २६, कृषि विकास बैंकले यस पटक सेयरधनीलाई कुनै लाभांश नदिने भएको छ ।

कम्पनीको बिहीबार बसेको सञ्चालक समितिको बैठकमा गत आर्थिक वर्षको वित्तीय विवरणमाथि छलफल हुँदा लाभांश वितरण नगर्ने निर्णय भएको कम्पनीले जनाएको छ ।

यस बैंकले गत आर्थिक वर्ष भने सेयरधनीलाई ११ प्रतिशत नगद तथा २ प्रतिशत बोनस सेयर दिएको थियो ।

त्यस्तै आर्थिक वर्ष २०७८/७९ मा १ प्रतिशत नगद र २० प्रतिशत बोनस सेयर दिएको थियो । बिहीबार बजार बन्द हुँदा कम्पनीको सेयर मूल्य प्रतिकित्ता २४२ रुपैयाँ छ ।

 

 

 

प्रकाशित : 9 February, 2024

प्रतिक्रिया दिनुहोस्