केपी ओली प्रचण्ड माधव नेपाल एमाले


कतारले जित्यो एसिया कप फुटबलको उपाधि

सहयात्रा टिभी

काठमाडाैं । माघ २८, एसियाली फुटबलको सबैभन्दा ठुलो प्रतियोगिताको रुपमा रहेको एसियन कपको उपाधि लगातार दोश्रो पटक कतारले जितेको छ । कतारको दोहामा भएको फाइनल खेलमा घरेलु टोली कतारले जोर्डनलाई ३–१ ले हराउँदै दोश्रो पटक च्याम्पियन बनेको हो ।

एसिया कपको फाइनलमा विजयी टिमले तीनै गोल पेनाल्टी मार्फत गरेको हो । कतारका लागि अक्रम अफिफले ह्याट्रिक पूरा गरे । उनले सबै गोल पेनाल्टी मार्फत गरेका थिए । उनी नै यो प्रतियोगितामा ८ गोल गर्दै सर्वाधिक गोलकर्ता समेत बन्न सफल भएका छन् ।

कतारले खेलको २२औं मिनेटमा पेनाल्टी मार्फत गोल गर्दै अग्रता लिएको थियो । अफिफ आफैमाथि फाउल भएपछि पाएको पेनाल्टीमा गोल गर्दै कतारलाई अग्रता दिलाएका थिए तर दोश्रो हाफको ६७ औँ मिनेटमा याजानले गोल गर्दै जोर्डनलाई खेलमा फर्काएका थिए ।

तर ७२ औँ मिनेटमा कतारले पुनः पाएको पेनाल्टीलाई अफिफले गोल गर्दै घरेलु टोलीलाई २–१ को अवस्थामा लगे । खेलको अन्तिम समयमा कतारले पुन पेनाल्टी पायो र उनै अफिफ ले गोल गर्दै ह्याट्रिक पुरा गर्दै कतारलाई लगातार दोश्रो पटक एसियन च्याम्पियन बनाए ।

प्रकाशित : 11 February, 2024

प्रतिक्रिया दिनुहोस्