केपी ओली प्रचण्ड माधव नेपाल एमाले


ललितपुरमा अचेत अवस्थामा फेला परेका दुई बच्चाको मृत्यु, आमा गम्भीर अवस्थामा

सहयात्रा टिभी

काठमाडौं । माघ २८, ललितपुरको महालक्ष्मी नगरपालिका–४ स्थित इमाडोलको एक घरमा अचेत अवस्थामा फेला परेका दुई बालबालिकाको मृत्यु भएको छ । जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रहरी उपरीक्षक नवराज कार्कीले अचेत भेटिएका छ वर्षीय बालक र दुई वर्षीया बालिकाको शनिबार साँझ मृत्यु भएको जानकारी दिए ।

घरको चौथो तलाबाट हामफालेकी ती बच्चाकी आमा गम्भीर घाइते भई हाल किष्ट अस्पतालमा उपचार भइरहेको कार्कीले बताए । आमा हामफालेपछि घरमा हेर्दा बच्चा अचेत देखिएपछि उपचारका लागि अस्पताल लगिएकामा बच्चाको ज्यान गएको र आमा गम्भीर अवस्थामा रहेको प्रहरीले जनाएको छ । घटनाको कारण नखुलेको र अनुसन्धान जारी रहेको प्रहरी उपरीक्षक कार्कीले जानकारी दिए ।

प्रकाशित : 11 February, 2024

प्रतिक्रिया दिनुहोस्