केपी ओली प्रचण्ड माधव नेपाल एमाले


भ्यालेन्टाइन डे अन्तर्गत आज ‘प्रमिस डे

सहयात्रा टिभी

काठमाडौँ । माघ २८, साताव्यापी भ्यालेन्टाइन डे अन्तर्गत आज ‘प्रमिस डे’ हो । फेब्रुअरी ११ अर्थात आजको दिन प्रेममा प्रमिस अथवा बाचा निकै महत्वपूर्ण मानिन्छ । यस दिन प्रेम जोडीले एक अर्कासँग नछुट्टिने प्रण गर्छन् । त्यसकारण भ्यालेन्टाइन डे को लागि यो दिन निकै महत्वपूर्ण रहन्छ ।

यो दिन आफ्नो पार्टनरलाई आफ्नो मायाप्रति धेरैभन्दा धेरै विश्वासिलो बनाउनका लागि सँगै बाच्ने सँगै मर्ने जस्ता कसमहरू खाने गरिन्छ । आजको दिनमा प्रेम जोडीहरू म सधैँ तिमीलाई माया गर्नेछु, हाम्रो माया कहिल्यै मर्ने छैन, म कहिल्यै बदलिने छैन, सधैँ साथ दिनेछु, हामी एक अर्काको सल्लाह बिना काम गर्नेछैनौँ, हरेक समयमा साथ दिनेछु लगायतका बाचाहरू गर्ने गर्छन् ।

प्रकाशित : 11 February, 2024

प्रतिक्रिया दिनुहोस्