केपी ओली प्रचण्ड माधव नेपाल एमाले


राज्य व्यवस्था तथा सुशासनसहित तीन समितिको बैठक बस्दै

सहयात्रा टिभी

काठमाडौँ । माघ २८, संघीय संसद अन्तर्गत आज तीनवटा समितिको बैठक बस्दैछ । जसअनुसार राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बिहान १० बजे संसद सचिवालय सिंहदरबारमा बस्नेछ ।

बैठकमा अध्यागमनमा देखिएका समस्या, मानव तस्करी र गृह मन्त्रालयसँग सम्बन्धित विषयमा छलफल हुने कार्यसूची रहेको छ । यसैगरी, बिहान ११ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक पनि सिंहदरबारमा बस्दैछ । बैठकमा सुरक्षण मुद्रण विधेयकको सम्बन्धमा छलफल गर्ने कार्यक्रम छ ।

यस्तै आज सार्वजनिक लेखा समितिको बैठक पनि बस्दैछ । संघीय संसद सचिवालय सिंहदरबारमा दिउँसो १ बजे बस्ने बैठकमा गौतम बुद्धको अस्ति धातु समाधिस्थ गरिएको रामग्राम क्षेत्रमा उत्खनन तथा बौद्ध स्तुपा निर्माण लगायतका विषयमा लुम्बिनी विकास कोष र द प्रमिस्ड ल्याण्ड प्रालिबीच भएको समझदारी सम्बन्धमा छलफल हुनेछ ।

प्रकाशित : 11 February, 2024

प्रतिक्रिया दिनुहोस्