केपी ओली प्रचण्ड माधव नेपाल एमाले


क्यानडाविरुद्ध तेस्रो खेलमा हेमन्तको राष्ट्रिय क्रिकेट टिमबाट डेब्यू पक्का

सहयात्रा टिभी

काठमाडौँ । माघ २८, तीव्र गतिका बलर हेमन्त धामीले क्यानडाविरुद्ध तेस्रो ओडीआई खेलमा नेपालको राष्ट्रिय क्रिकेट टिमबाट डेब्यू गर्ने पक्कापक्की जस्तैछ ।

घरेलु टोली नेपालले सुरुवाती दुई खेल ७ रन र ४ विकेटले जित्दै सिरिज एक खेल अगावै जितेको छ ।

अन्तिम खेलमा अनुभवी तीव्र गतिका बलर सोमपाल कामीलाई विश्राम दिँदै नेपालले हेमन्तलाई डेब्यू दिने सम्भावना देखिन्छ ।

शनिबार दोस्रो ओडीआई खेलमा जितपछि नेपालका कप्तान रोहित पौडेलले हेमन्तलाई डेब्यू दिने संकेत दिई सकेका छन् ।

खेल लगत्तै हेमन्तले त्रिवि क्रिकेट मैदानमै बलिङ अभ्यास पनि गरेका थिए । सहायक प्रशिक्षक बसन्त शाहीले उनलाई मैदानमा अभ्यास गराएका थिए ।

हेमन्त पावर प्लेमा नयाँ बलका साथ इनस्विङग बलका लागि चिनिन्छन् ।

 

प्रकाशित : 11 February, 2024

प्रतिक्रिया दिनुहोस्