केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सहरी गरिबको कुरा सुनाउन अभियन्ता ई: द्धारा लुम्बिनीबाट यात्रा सुरु

सहयात्रा टिभी

काठमाडौँ । माघ २८, अभियन्ता ई: द्धारा लुम्बिनीको मायादेवी मन्दिरबाट सिंहदरबारतर्फ यात्रा सुरु गरेका छन् । उनले सहरी गरिबको कुरा सुनाउन मायादेवी-सिंहदरबार यात्रा सुरु गरेको जानकारी गराएका छन् ।

यसअघि उनी काठमाडौंका फुटपाथ व्यवसायीलाई जीविकोपार्जनको विकल्प दिनुपर्ने माग गर्दै काठमाडौं महानगरपालिकाको कार्यालयबाहिर १९९ घण्टा उभिएका थिए । उनले पैदलयात्रा सुरु गर्दा राखेका ३ माग यस्ता छन् ।

देशभरका पालिकालाई सडक व्यवसाय र अनौपचारिक क्षेत्रबारे व्यवस्थापकीय नीति तयार गर्न एवं गरीबलाई विना अध्ययन र विना विकल्प विस्थापन नगरी कानुन र संविधानको मर्म परिधिभित्र बस्न निर्देशन दिने ।

शहरी गरीबको संरक्षण गर्न आवश्यक व्यवस्था तथा सडक व्यवसाय र अनौपचारिक क्षेत्रको व्यवस्थापन सम्बन्धी संघीय कानुन निर्माण र भएका कानुनको सबलीकरण ।

पालिकाहरुलाई शहरी गरिबलाई सम्बोधन गर्न सहयोग गर्ने सडक व्यवसाय व्यवस्थापन बृहत्तर अनौपचारिक क्षेत्र र साना उद्यम प्रवर्द्धन गर्ने तहगत सहकार्य कार्यक्रमलाई प्राथमिकता दिने ।

लुम्बिनीबाट आइतबार विहान ८ बजे सुरु भएको ई: को पैदलयात्रा फागुन ७ गते सिंहदरबारमा आएर समाप्त हुनेछ ।

उनी पहिलो दिन सुनवल रामनगर, दोस्रो दिन दुम्कीबास, तेस्रो दिन दलदले,चौथो दिन चितवनको रामनगर, पाँचौं दिन कुरिनटार, छैटौं दिन गजुरी, सातौं दिन नौबिसे र आठौं दिन काठमाडौं आइपुग्नेछन् ।

पदयात्राका क्रममा मिटरब्याजविरुद्धको न्याय मार्चमा पनि एक्यवद्धता जनाउने ई: ले बताएका छन् ।

प्रकाशित : 11 February, 2024

प्रतिक्रिया दिनुहोस्