केपी ओली प्रचण्ड माधव नेपाल एमाले


एक महिला र दुई बच्चाको मृत्यु प्रकरणमा ‘हत्यापछि आत्महत्या’ को आशंका

सहयात्रा टिभी

काठमाडौँ । माघ २८, ललितपुरको महालक्ष्मी नगरपालिका–३, इमाडोलमा एक जना महिला र उनका दुई बच्चाको मृत्यु प्रकरणको प्रारम्भिक अनुसन्धानले ‘हत्यापछि आत्महत्या’ भएको हुनसक्ने  प्रहरीको आशंका छ ।

जिल्ला प्रहरी परिसर, ललितपुरका एसपी नवराज कार्कीले इमाडोलको ओचुहाटइटमा बस्ने रविना महर्जनले उनकी छोरी २ वर्षीया रिवा महर्जन र ६ वर्षीय अश्वेत महर्जनको हत्यापछि आत्महत्या गरेको हुनसक्ने देखिएको प्ररम्भिक रिपोर्ट बाट बुझिन्छ ।

शनिबार अपराह्न सवा ४ बजेतिर घरको तीन तलामाथिबाट झर्दै गरेको देखेपछि स्थानीयले रविनालाई उद्दार गरेर किस्ट अस्पताल लगेका थिए । कोठामा उनका दुई बच्चा पनि बेहोस अवस्थामा भेटिएका थिए । त्यसपछि साढे ४ बजे प्रहरीले घटनाबारे जानकारी पाएको थियो ।

पछि तीनै जनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको ललितपुर प्रहरी प्रमुख एसएसपी शेखर खनालले बताए ।

हत्या गर्नुको कारण स्पष्ट भएको छैन । घरमा सुसाइड नोट वा अन्य कुनै संकेत पनि फेला परेको छैन ।

घरमा उनी श्रीमान्, सासु र दुई सन्तानसहित बस्दै आएकी थिइन् । घटना भएका बेला घरमा श्रीमान् थिएनन् ।

श्रीमान् सार्वजनिक कार्यक्रममा ‘साउण्ड सिस्टम’ व्यवस्थापनको काम गर्छन् । शनिबार महालक्ष्मी नगरपालिकाले गरेको कार्यक्रममा उनी गएका बेला घटना भएको हो ।

 

प्रकाशित : 11 February, 2024

प्रतिक्रिया दिनुहोस्