नेप्से घटे पनि कारोबार रकममा उल्लेख्य बृद्धि
सहयात्रा टिभी
काठमाडौँ । माघ २८, साताको पहिलो दिन आइतबार सेयर बजारको परिसूचक नेप्से घटे पनि कारोबार रकममा उल्लेख्य बृद्धि भएको छ ।
अघिल्लो कारोबार दिनको तुलनामा परिसूचक १०.५ अंक घटेको छ । सो अंकको कमीपछि नेप्से २०८५ अंकमा कायम भएको छ ।
नेप्से परिसूचक घट्दा कारोबार रकम भने ४ अर्ब ८ करोड नाघेको छ । अघिल्लो दिन ३ अर्ब २१ करोडको मात्रै कारोबार भएको थियो ।
युनिलिभरको मूल्य सबैभन्दा धेरै ७.१४ प्रतिशत घट्यो । गुराँस लघुवित्तको ७.१३, किसान लघुवित्तको ४.४, एनआईसी एसिया बैंकको ४.१ प्रतिशत मूल्य घट्यो ।
कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स, एनआरएन इन्फ्रास्ट्रक्चर, हिमालयन डिस्टिलरी, एनआईसी एसिया बैंक र हाथवे इन्भेस्टमेन्ट कम्पनी क्रमशः अगाडि रहे ।