केपी ओली प्रचण्ड माधव नेपाल एमाले


बानेश्वरस्थित सडक डिभिजन कार्यालयमा आगलागी

सहयात्रा टिभी

काठमाडौँ । माघ २८, काठमाडौंको बानेश्वरस्थित सडक डिभिजन कार्यालयमा आगलागी भएको छ ।

आइतबार दिउँसो ३ बजे सडक डिभिजन प्रमुख नारायणदत्त भण्डारीको सरकारी निवासमा आगलागी भएको हो ।

आगलागीबाट ल्यापटप, सरकारी कागजात, व्यक्तिगत कागजात र केही रकम जलेको भण्डारीले जानकारी दिए ।

विद्युत सर्ट भएर सुरु भएको आगो नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र काठमाडौं महानगरपालिकाको बारुणयन्त्रको सहयोगमा निभाइएको थियो ।

उनका अनुसार क्यान्टिनको भान्छा, खाजा खाने ठाउँको रुपमा प्रयोग हुने अस्थायी टहरामा क्षति पुगेको काठमाडौं महानगरपालिकाको नगर प्रहरीले जनाएको छ । आगलागी नियन्त्रण गर्न अस्थायी टहरा भत्काएर दमकलको प्रयोग भएको थियो ।

 

प्रकाशित : 11 February, 2024

प्रतिक्रिया दिनुहोस्