केपी ओली प्रचण्ड माधव नेपाल एमाले


नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलायो

सहयात्रा टिभी

काठमाडौँ । माघ २८, नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । महासमिति बैठकको अगाडि ३ फागुनमा केन्द्रीय समिति बैठक बोलाइएको हो ।

फागुन ७ देखि १० सम्म हुने महासमितिको बैठकका सम्बन्धमा छलफल गर्ने गरी केन्द्रीय समितिको बैठक आव्हान गरिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी गराए ।

केन्द्रीय समिति बैठकले महासमिति बैठकमा पेश हुने प्रतिवेदनहरु पनि अनुमोदन गर्ने भएको छ । महासमिति बैठकमा उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले प्रतिवेदन पेश गर्नेछन् ।

खड्काले नीति, थापाले सांगठनीक र शर्माले समसायीक राजनीतिक प्रतिवेदन पेश गर्ने जिम्मेवारी पाएका छन् ।

 

प्रकाशित : 11 February, 2024

प्रतिक्रिया दिनुहोस्