लिग २ को स्क्वाडमा समेटिए अनिल र देव
सहयात्रा टिभी
काठमाडौं । फागुन २, घरेलु मैदानमा बिहीबारबाट सुरु हुने आईसीसी विश्वकप एकदिवसीय क्रिकेट लिग–२ अन्तर्गतको पहिलो सिरिज खेल्ने नेपाली टोलीमा अनिलकुमार साह र देव खनालको इन्ट्री भएको छ ।
यसअघि वैकल्पिक खेलाडीका रुपमा रहेका अनिल र देव दुवै टिममा इन्ट्री गरेका हुन् ।
अनिल र देवको इन्ट्रीसंगै टोलीबाट अर्जुन साउद र रिजन ढकाल बाहिरिएका छन् । अनिल र देवले केही दिन घरेलु मैदानमा भएको क्यानडाविरुद्धको सिरिजमा उत्कृष्ट प्रदर्शन गरेका थिए ।
लिग–२ अन्तर्गतको पहिलो सिरिज टियु क्रिकेट मैदानमा बिहीबारदेखि नेपाल,नेदरल्यान्ड्स र नामिबियाबीच सुरु हुँदै छ ।