कांग्रेस २२ केन्द्रीय सदस्यद्धारा हिन्दु राष्ट्रको एजेण्डा बनाउन माग

काठमाडौं । फागुन ४, नेपाली कांग्रेसका २२ जना केन्द्रीय सदस्यले सनातन हिन्दू राष्ट्रलाई महासमिति बैठकको एजेण्डा बनाउन माग गरेका छन् ।
७ फागुनदेखि सुरु हुने महासमिति बैठकको एजेण्डा तय गर्न बिहीबारदेखि कांग्रेस केन्द्रीय समिति बैठक बसिरहेको छ, जहाँ तीन वटा दस्तावेज पेश भएको छ ।
त्यसमा असहमत २२ केन्द्रीय सदस्यले सभापति शेरबहादुर देउवालाई भेटेर महासमिति बैठकमा छलफल गरेर सनानत हिन्दु राष्ट्रको पक्षमा उभिनुपर्ने पुरक प्रस्ताव बुझाएका छन् ।
केन्द्रीय कार्य समिति बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा हिन्दूराष्ट्रको एजेण्डा समावेश नभएकोमा उनीहरुले चिन्ता जनाएका छन् ।
भोलि शनिबार सानातन हिन्दु राष्ट्र नेपाल स्थापना महाअभियान घोषणाको तयारीमा रहेका उनीहरुले महासमिति बैठकबाट कांग्रेस वैदिक सनातन हिन्दु धर्मको पक्षमा उभिनुपर्ने माग गरेका छन् ।