सुनको मूल्य मंगलबार स्थिर

सहयात्रा टिभी

काठमाडौं । फागुन ८, विगत ३ दिनदेखि बढेको सुनको मूल्य मंगलबार भने स्थिर रहेको छ ।

आज अघिल्लो दिनकै मूल्य प्रतितोला १ लाख १८ हजार रुपैयाँमा सुनको कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । विगत ३ कारोबार दिनमा सुनको मूल्य लगातार बढेको थियो ।

आइतबार ५ सयले बढेर १ लाख १७ हजार ६ सय पुगेको सुन सोमबार १ लाख १८ हजार रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य पनि मंगलबार स्थिर छ । प्रतितोला १ हजार ४१० रुपैयाँमा चाँदीको कारोबार भइरहेको छ ।

 

 

 

 

प्रकाशित : 20 February, 2024

प्रतिक्रिया दिनुहोस्