गणपुरक संख्या नपुगेपछि प्रतिनिधि सभाको बैठक स्थगित

सहयात्रा टिभी

काठमाडौं । फागुन १०, गणपुरक संख्या नपुगेपछि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ ।

सभामुखले नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाललाई ‘राजनीतिक दल सम्बन्धधी विधेयक’माथिको विरोधको सूचना राख्न दिए । विरोधको सूचना फिर्ता लिनका लागि समय दिए । तर, सुवालले विरोधको सूचना फिर्ता लिएनन् ।

त्यसपछि सभामा उक्त सूचना स्वीकृतरअस्वीकृतका लागि निर्णयार्थ प्रस्तुत गर्दा नेकपा एमालेका सचेतक महेश बर्तौलाले गणपुरक संख्याको विषय उठाए ।

गणना गर्दा २७५ सदस्यीय प्रतिनिधि सभामा कुनै पनि प्रस्ताव गर्दा आवश्यक संख्या एक चौथाइ ६९ आवश्यक भएकोमा ६५ जना मात्रै उपस्थित रहेको थाहा लाग्यो ।

त्यसपछि सभामुख घिमिरेले गणपुरक संख्या नपुगेको भन्दै बैठक स्थगित गरे । अर्को बैठक शुक्रबार बिहान ११ बजे बोलाइएको छ ।

 

प्रकाशित : 22 February, 2024

प्रतिक्रिया दिनुहोस्