किसानको आन्दोलन बारे सरकारलाई रविको ध्यानाकर्षण

काठमाडौं । फागुन १०, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभपति रवि लामिछानेले किसानको आन्दोलनलाई नजरअन्दाज नगर्न सरकारलाई ध्यानाकर्षण दिएका छन् ।
बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले देशभरिका दूध किसान र मह किसानहरु मारमा पर्दा पाउडर दूध र नक्कली मह विदेशबाट आयात भइरहेको उनले बताए ।
‘मेरो निर्वाचन क्षेत्र र देशभरका दूध किसान र मह किसानहरु मारमा परेका छन् । अर्कोतिर पाउडर दूध र नक्कली मह विदेशबाट आयात भइरहेको छ ।
किसानको आन्दोलनलाई नजरअन्दाज गरे किसानहरुले सरकार ढाल्नेसम्मको सामर्थ्य राख्दछन् । होशियार रहनुहोला,’ उनले भने ।
उनले भूमिहीन सुकुमबासीहरुलाई चुनावी फन्डका लागि भूमि दिइन्छ भनेर आश्वासन दिने गरेको भन्दै चुनावी फन्डा नभइ सुकुमबासी आयोग र भूमि आयोगले विशेष ध्यान दिइ समस्या समाधान गर्नुपर्नेमा जोड दिए ।