केपी ओली प्रचण्ड माधव नेपाल एमाले


मिस वर्ल्ड प्रतियोगिता भारतमा सुरु नेपालबाट प्रियंकारानी जोशी

सहयात्रा टिभी

काठमाडौं । फागुन १०, अन्ततः अन्योल र स्थगनको श्रृंखलापछि मिस वर्ल्ड प्रतियोगिता भारतमा सुरु भएको छ ।

सन् २०२२ को संस्करणका ११७ मुलुकका विश्व सुन्दरीले प्रतिस्पर्धामा सहभागिता जनाइरहेका छन् । नेपालबाट प्रियंकारानी जोशीले मुलुकको प्रतिनिधित्व गरेकी छन् ।

प्रमोद कंसाकारसहित द हिडन ट्रेजरको टोली नै दिल्लीमा छ । बुधबार बेलुकादेखि दिल्लीमा सुरु भएको मिस वर्ल्ड एक महिनासम्म चल्नेछ र फिनाले मुम्बईमा हुने जनाइएको छ ।

उपाधि जित्ने लक्ष्यसहित प्रियंका अहिले मिस वर्ल्ड पुगेकी छन् । खासगरी शीर्ष पाँच विधामा जसरी भए पनि जित्ने उनको रणनीति देखिन्छ । यी विधामा जित्न सकिए सोझै अन्तिम १५ र २० मा पुग्न सकिने भएकाले पनि यसमा उनको जोड छ ।

जसमा ब्युटी विथ पर्पस, मल्टिमिडिया अवार्ड, मोडल वाच, वर्ल्ड डिजाइनर र स्पोर्ट्स इभेन्ट छन् । ब्युटी विथ पर्पस विधामा नेपाल यसअघि दुई पटक विजयी भइसकेको छ । यसका लागि प्रतिस्पर्धीले सामाजिक प्रोजेक्टमा काम गर्नुपर्ने हुन्छ ।

प्रियंकाको पहलमा चेपाङ बहुल चितवनको दुर्गम इच्छाकामना गाउँमा हालै केन्द्रीय विद्युत प्रसारण पुगेको छ । जसले गर्दा लामो समयदेखि विद्युतबाट वञ्चित त्यहाँका बासिन्दा लाभान्वित भएका छन् । यसबाहेक उनीहरुलाई मौरीपालनदेखि अन्य उद्यमशीलताका काममा समेत प्रियंकाले सघाएकी छन् ।

 

प्रकाशित : 22 February, 2024


    Warning: foreach() argument must be of type array|object, bool given in /home/sahayatratv.com/public_html/wp-content/themes/ui/template-parts/content.php on line 16
प्रतिक्रिया दिनुहोस्