केपी ओली प्रचण्ड माधव नेपाल एमाले


नेपालकी प्रियंकारानी जोशी मिस वर्ल्डको उत्कृष्ट २५ मा प्रवेश

सहयात्रा टिभी

काठमाडौं । फागुन ११, भारतमा आयोजना भइरहेको विश्व सुन्दरी प्रतियोगिता मिस वर्ल्डलाई लिएर खुशीको खबर छ । नेपालकी प्रियंकारानी जोशी मिस वर्ल्डको उत्कृष्ट २५ मा प्रवेश गरेकी छन् ।

ब्युटी विथ पर्पस विधामा प्रस्तुत गरेको स्पिच र सन् २०२३ मा राष्ट्रसंघीय दिगो विकास लक्ष्यको विषयमा बनाएको भिडियोका आधारमा अन्तिम २५ का प्रतिस्पर्धी छनोट गरिएको हो । कूल ११७ प्रतिस्पर्धीबाट २५ जना छनोट भएका हुन् ।

अब यी फाइनलिस्टले ‘हेड टु हेड च्यालेन्ज’मा प्रतिस्पर्धा गर्नेछन् । यसमा छनोट हुन सके सिधैँ अन्तिम १५ वा २० मा प्रवेश गर्न सकिनेछ । महत्त्वपूर्ण कुरा के हो भने, नेपाल मिस वर्ल्डको ब्युटी विथ पर्पस विधामा दाबेदार हो ।

‘हेड टु हेड च्यालेन्ज’मा प्रतिस्पर्धा नेपाली समयानुसार १० : १५ बजे बिहान दिल्लीको भारत मण्डपमा आयोजना हुनेछ । यो ठाउँमा जी-२० सम्मेलन पनि आयोजना गरिएको थियो ।

‘स्पोर्टस् च्यालेन्ज’ विधाको पनि फाइनलमा नेपाल प्रवेश गरेको छ । प्रारम्भिक नतिजा हेर्दा नेपालको उपस्थिती यसपटकको मिस वर्ल्डमा बलियो देखिएको छ । ७१ औं मिस वर्ल्डको फिनाले मार्च ९ मा मुम्बईमा आयोजना हुनेछ ।

प्रकाशित : 23 February, 2024


    Warning: foreach() argument must be of type array|object, bool given in /home/sahayatratv.com/public_html/wp-content/themes/ui/template-parts/content.php on line 16
प्रतिक्रिया दिनुहोस्