नेकपा एमाले कैलालीको नयाँ नेतृत्व चयनका लागि मतदान जारी

सहयात्रा टिभी

काठमाडौं । फागुन ११, नेकपा एमाले कैलालीको नयाँ नेतृत्व चयनका लागि छैटौं दिन शुक्रबार मतदान सुरू भएको छ ।

 

सुखडमा रहेको घोडाघोडी बहुमुखी क्याम्पसको सभाहलमा केहीबेर अघि मतदान सुरू भएको हो । मतदान दिउँसो १ बजेसम्म चल्नेछ ।

एमालेको नेतृत्वका लागि कार्यवाहक अध्यक्ष दुर्गाप्रसाद जोशी, सचिव डेजी पाण्डे र पूर्व प्रदेश सचिवालय सदस्य यज्ञराज ढुंगाना प्यानलसहित प्रतिस्पर्धामा छन् ।

अध्यक्षका प्रत्यासी डेजी पाण्डेले पहिलो मत खसालेका हुन् । यो निर्वाचनमा पाँच सय ९१ जना प्रतिनिधिले मतदान गर्नेछन् ।

६ फागुनमा एमाले अध्यक्ष केपी शर्मा ओलीले घोडाघोडीको सुखडमा नवौँ अधिवेशनको उदघाटन गरेका थिए ।

ओलीले नेतृत्वमा सहमति नजुटे भोलिपल्टै निर्वाचन प्रक्रिया अघि बढाउन निर्देशन दिएका थिए तर मंगलबार मात्र प्रक्रिया थालेको निर्वाचन कमिटीले प्राविधिक समस्या देखाउँदै निर्वाचन कार्यक्रम सार्दै आएको थियो ।

 

प्रकाशित : 23 February, 2024

प्रतिक्रिया दिनुहोस्