संसदमा हुलहुज्जत नगर्न ज्ञानेन्द्र शाहीलाई माधव सापकोटाको सुझाव

सहयात्रा टिभी

काठमाडौं । फागुन ११, सरकारको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले संसदमा हुलहुज्जत नगर्न आग्रह गरेका छन् ।

 

संसद चल्न नदिने भए राजीनामा दिएर सडकमा जान उनको आग्रह छ । बालकुमारी घटनालाई प्रधानमन्त्रीले हत्या भनेको र हत्या भए सम्बन्धित मन्त्री र प्रहरीलाई किन कारबाही नगरेको भन्दै राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले बिहीबारको बैठकमा प्रश्न गरेका थिए ।

उक्त प्रश्नको जवाफ नआएसम्म सदन चल्न नदिने भनी उनै शाहीले शुक्रबारको बैठकमा भने ।

त्यसपछि माओवादी सांसद सापकोटाले प्रतिवाद गर्दै संसद चल्न नदिने भए राजीनामा गरेर सडकमा जान भनेका हुन् ।

 

प्रकाशित : 23 February, 2024

प्रतिक्रिया दिनुहोस्