प्रमुख विपक्षी एमालेद्धारा संसद बैठक अवरुद्ध

सहयात्रा टिभी

काठमाडौं । फागुन ११, प्रमुख विपक्षी नेकपा एमालेद्धारा संसद बैठक अवरुद्ध गरेको छ ।

एमालेले भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला र स्वास्थ्यमन्त्री मोहन बस्नेतको राजीनामा माग गर्दै आएको छ । शुक्रबारको बैठकको सुरुमै एमाले सांसद योगेश भट्टराईले यसबारे प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग गरेका थिए ।

तर सत्तारुढ नेपाली कांग्रेसका सांसद राजन केसीले बिहीबारको बैठकमा गणपुरक संख्या पुग्छ भनेर विपक्षी सांसदहरु बैठक छोडेर गएको आरोप लगाएपछि एमाले थप आक्रोसित भएको छ ।

केसीले भनेका थिए, हिजो राजनीतक दलसम्बन्धी विधेयक पेश गर्ने बेलामा प्रतिपक्षको अनौठो नाटक मञ्चन देखियो ।

त्यससँगै संसदमा वादप्रतिवाद सुरु भयो । उनले यति भन्नसाथ एमाले सांसदहरुले उठेर विरोध गरे, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राप्रपाका सांसदहरुले पनि साथ दिए ।

सत्तारुढ सांसदहरु पनि प्रतिवादमा उत्रिएपछि सभामुख देवराज घिमिरेले सबैलाई बोल्न दिने बताए ।

सत्तारुढ माओवादी केन्द्रका माधव सापकोटाले शाहीलाई जवाफ दिँदै संसद छाडेर जान चुनौती दिए ।

कांग्रेस सांसद राजेन्द्र बजगाईँले मिटरब्याज पिडकलाई सत्ता पक्षले संरक्षण गरेको आरोपको खण्डन गरे ।

त्यसपछि सभामुखले संसदलाई नियमित कार्यसूचीमा लैजान खोजेका थिए, तर एमाले सांसदहरु उठेर विरोध गरे । एमाले सांसदहरु निरन्तर उभिरहेपछि सभामुखले १५ मिनेटका लागि संसद बैठक स्थगित गरेका छन् ।

 

प्रकाशित : 23 February, 2024

प्रतिक्रिया दिनुहोस्