प्रदीप यादवद्धारा जिबी राईको खोजी गरिदिन सरकारसँग माग

सहयात्रा टिभी

काठमाडौं । फागुन ११, जनता समाजवादी पार्टी (जसपा)का प्रमु सचेतक प्रदीप यादवले जिबी राईको खोजी गरेर सहकारी पीडितहरुको बचत फिर्ताको पहल गरिदिन सरकारसँग माग गरेका छन् ।

शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले विरगञ्जको सानोपाइला बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक जिबी राई १३५ करोड जम्मा गरेर कार्यालय बन्द गरी फरार भएको बताए ।

पोखराको नागरिकले समेत जिबी राईको कारणले दुस्ख पाएको उल्लेख गर्दै उनले भने ‘कहाँ छन् जिबी राई ? सरकारले किन नियन्त्रणमा लिँदैन ?’

 

प्रकाशित : 23 February, 2024

प्रतिक्रिया दिनुहोस्