सिंहदरबार तर्फ अघि बढेका मिटरब्याज पीडितहरुलाई प्रहरीद्धारा अवरोध

काठमाडौं । फागुन ११, न्याय खोज्दै पुनः काठमाडौं आएका मिटरब्याज पीडितहरूको आन्दोलनमा प्रहरीद्धारा अवरोध गरेको छ ।
भृकुटीमण्डपबाट सिंहदरबार तर्फ जान लागेका उनीहरूलाई भृकुटीमण्डप अघि नै प्रहरीले रोकेको हो । पीडितहरू नारा र प्लेकार्डसहित सिंहदरबार तर्फ अघि बढेका थिए ।
अहिले उनीहरू प्रहरीले रोकेकै स्थानमा नारा लगाइरहेका छन् । सिहदरबार जान नपाएपछि मिटरब्याजपीडितहरु सडकमै सुतेका छन् ।
झापाको काँकडभिट्टा र कञ्चनपुरको महेन्द्रनगरबाट पैदल हिंडेका मिटरब्याज पीडित २३ दिनपछि बुधबार काठमाडौं आइपुगेका हुन् ।
मिटरब्याजविरुद्ध किसान मजदुर संघर्ष समितिको समन्वयमा एउटा समूहले झापाबाट र अर्को समूहले महेन्द्रनगरबाट पैदलयात्रा सुरु गरेको थियो । दुवै टोली चितवनमा भेट भएर सँगै काठमाडौं आएका थिए ।