टिकटक चलाउने इन्टरनेट सेवा प्रदायकलाई स्पष्टीकरण

सहयात्रा टिभी

काठमाडौं । फागुन १२, नेपाल दुरसञ्चार प्राधिकरणले केही इन्टरनेट सेवा प्रदायक कम्पनीबाट टिकटक चलिरहेको भन्दै स्पष्टीकरण सोधेको छ । सामाजिक सद्भाव भड्किने गतिविधि भएपछि सरकारले प्रतिबन्ध लगाएको टिकटक केही सेवा प्रदायकले खुला गरेपछि प्राधिकरणले स्पष्टीकरण सोधेको हो ।

सरकारको निर्णय कार्यान्वयन गर्न जारी भएको निर्देशन अटेर गरेका दूरसञ्चार ऐन २०५३ बमझनपक कारबाही गर्ने चेतावनीसमेत प्राधिकरणले दिएको छ । यसअघि सरकारको निर्णय कार्यान्वयनका लागि सबै इन्टरनेट सेवा प्रदायक र मोवाइल सेवा प्रदायकलाई पत्र पठाएर टिकटक बन्द गर्न निर्देशन दिएको थियो । तर, केही इन्टरनेट सेवा प्रदायक कम्पनीबाट टिकटकमा पहुँच छ ।

प्राधिकरणले सूचना जारी गर्दै टिकटक चलेका पाइए [email protected] मा पठाउन अपिलसमेत गरेको छ । सूचना दिंदा कुन कम्पनीबाट चलेको हो भन्नेबारेमा जानकारी गराउनु पर्नेछ । पछिल्लो पटक टिकटकले केही प्रतिबद्धतासहित पत्र पठाए पनि टिकटक चलाउनेबारे सरकारले केही निर्णय गरेको छैन ।

प्रकाशित : 24 February, 2024

प्रतिक्रिया दिनुहोस्