माओवादीको स्थायी समिति बैठक बस्दै

काठमाडौं । फागुन १३, सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक आज बस्दैछ । बैठक आज बिहान ११ बजेबाट पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु हुनेछ ।
बैठकमा माओवादी रुपान्तरण विशेष अभियानअन्तर्गत राम्रो काम गर्नेलाई सम्मान र काममा नखटिएकाहरुलाई कारबाहीका साथै सम्मानित र कारबाहीमा परेका तीन/तीन जनाको नाम सार्वजनिक गरिने बताइएको छ ।
साथै स्थायी समिति सदस्यहरुले उठाएको प्रश्नको प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहालले जवाफ दिने कार्यक्रम रहेको छ ।