केपी ओली प्रचण्ड माधव नेपाल एमाले


गायक पंकज उदासको निधन

सहयात्रा टिभी

मुम्बई । फागुन १५, भारतका अग्रज गायक पंकज उदासको निधन भएको छ । लामो समयदेखि बिरामी रहेका पंकजको हृदयघातका कारण सोमबार दिउँसो मुम्बईमा उनको निधन भएको उनको परिवारले जनाएका छन् । आफ्नो बुबा अब भगवानको प्यारो भएको भन्दै उनकी छोरी नायब उदासले पंकजको निधन’bout जानकारी गराएकी छन् ।

छोरी नायाब उदासले एक आधिकारिक शोक विज्ञप्ति जारी गर्दै बुबाको निधन भएको जनाएकी छन्, ‘धेरै गहिरो हृदयका साथ, हामी तपाईंलाई लामो समयदेखि अस्वस्थताका कारण आज २६ फेब्रेअरीमा पद्मश्री पंकज उदासको दुःखद निधनको खबर दिँदै छौं । उहाँको निधन’bout यहाँहरूलाई जानकारी दिनुपर्दा हामी अत्यन्त दुःखी छौं,’ छोरीले विज्ञप्तिमा लेखेकी छन् । बुबाको अन्त्येष्टि तयारी हुँदै गरेको पनि उनले जनाएकी छन् ।

गायक पंकजको निधनको खबरले सोमबार भारतीय संगीत उद्योग शोकमा डुबेको छ । पंकजजस्ता गजल गायकको प्रस्थानले फ्यानलाई दुःखी बनाएको छ । पंकज उदासको निधनले आफूहरूले दुःखी भएको गायक तथा संगीतकार शंकर महादेवन, सोनु निगम, अलका याज्ञनीलगायतका कलाकारले ट्वीटरमा लेख्दै उनीप्रति श्रद्धासुमन अर्पण गरेका छन् ।

उनको जन्म १७ मे १९५१ मा गुजरातको जेतपुरमा भएको हो । पंकजले आफ्नो पहिलो सो भारत–चीन युद्धका बेला गरेका थिए । उनले ‘ए मेरे वतन के लोगों’ गीत गाएका थिए । सन् १९७० मा मुन्नेकी अम्मा…गीतबाट बलिउड फिल्ममा प्रवेश गरेका उनले सन् २०१६ सम्म १ सयभन्दा बढी फिल्ममा गीत गाएका थिए । पंकजका तीन दर्जन बढी गीतिसंग्रह बजारमा आएका थिए । उनी सन् २००६ मा भारत सरकारबाट गायनमा पदमश्री राष्ट्रिय पुरस्कारबाट विभूषित भएका थिए । ४ हजार बढी गजल र गीत गाएका पंकज भारतका लोकप्रिय गजल, गीत तथा गाश्र्व गायक थिए ।

प्रकाशित : 27 February, 2024

प्रतिक्रिया दिनुहोस्