केपी ओली प्रचण्ड माधव नेपाल एमाले


अन्टार्कटिकामा बरफ पग्लिने गति बढेर हिमनदी बन्न थाल्यो

सहयात्रा टिभी

काठमाडौं । फागुन १५, एजेन्सी वैज्ञानिकहरूले अन्टार्कटिकामा कहाँ र कहिले बरफ पग्लिन थाल्छ भन्नेबारे पहिलाभन्दा राम्रो र धेरै जानकारी पाउन सकेको बताएका छन् ।

उनीहरुले बरफको सतहमा ढिक्काको आकार परिवर्तन भएर हिमनदी बन्ने ठाउँमा चिन्ह लाग्ने कुरा पत्ता लगाएको दाबी गरेका छन्।

आधा शताब्दीअघि बरफ जमेको ठाउँहरू वा चिन्ह भएका ठाँउमा धेरै परिवर्तन भएको पाइएको छ । सन् २००० देखि बरफ पग्लिने गति बढेर एक तिहाइ भन्दा बढी आकार घटेको पाइएको बीबीसीले जनाएको छ । यो अनुसन्धान नेचर नामको जर्नलमा प्रकाशित भएको छ ।

अध्ययनले महाद्वीपबाट बरफ कम हुदै जानुले भविष्यमा विश्वभरको समुद्री सतह बढ्नमा सघाउ पुग्ने कुरामा जोड दिएको छ । यो अध्ययन अन्टार्कटिकाको तटवर्ती क्षेत्रको ७५ प्रतिशतमा रहेको बरफको ढिक्काको आकारमा केन्द्रित रहेको थियो ।

बरफका ती ढिक्का हिमनदीमा तैरिन पर्नेमा अहिले वरपरका महासागरमा धकेलिएका छन् । एडिनबर्ग युनिभर्सिटीको टोलीले गरेको अध्ययनले जलवायु परिवर्तनको असरले गर्दा अन्टार्कटिका महाद्वीपको पश्चिमबाट तातो पानी पस्न थालेको हुँदा बरफका ढिक्का पातलो हुँदै गएको निस्कर्ष निकालेको छ ।

 

प्रकाशित : 27 February, 2024

प्रतिक्रिया दिनुहोस्