सेयर बजार परिसूचक  नेप्से  ९.३४ अंकले बृद्धि

सहयात्रा टिभी

काठमाडौं । फागुन १५, सेयर बजार परिसूचक  नेप्से  ९.३४ अंक बढेसँगै २००१ अंकमा कायम भएको छ ।

कारोबार रकम भने आज १ अर्ब ८६ करोडमा खुम्चियो । कुल १४३ कम्पनीको मूल्य बढ्दा ८९ को घट्यो भने १६ को स्थिर रह्यो ।

समूहगत सूचकहरुमा भने मिश्रित अवस्था देखिएको छ । केही समूहहरु बढेका छन् भने केही घटेका छन् । उत्पादन समूह सबैभन्दा धेरै ३.५ प्रतिशत बढ्यो । घटेका समूहको गिरावट दर ०.३ प्रतिशतमुनि नै रह्यो ।

बोटलर्स नेपाल बालाजु र बीपीडब्लू लघुवित्तको मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढ्यो । सामलिङ पावरको ९.२, बोटलर्स नेपाल तराईको ८.७, गुराँस लघुवित्तको ८, धौलागिरि लघुवित्तको ७.९, हिमालयन पावर पार्टनरको ६.३ तथा हिमालयन हाइड्रोपावरको ६ प्रतिशत मूल्य बढ्यो । चिरख्वा हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ५ प्रतिशत घट्यो ।

 

 

 

सेयर बजार

प्रकाशित : 27 February, 2024

प्रतिक्रिया दिनुहोस्