देशको पहाडी तथा हिमाली भू-भागमा आंशिक हिमपातको सम्भावना

काठमाडौँ । फागुन १६, देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा आंशिक हिमपातको सम्भावना रहेको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको उच्च पहाडी तथा हिमाली भूभागको एक, दुई ठाउँमा हल्का हिमपातको सम्भावना रहेको जानकारी दिएको छ ।
हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेकोले मौसममा सामान्य बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशको पहाडी भूभागमा मौसम आंशिक बदली रहेको तथा अन्य ठाउँमा भने सफा रहेको छ ।
बिहीबार र शुक्रबार पनि मौसममा आंशिक बदली जारी रहने र हिमाली क्षेत्रका केही ठाउँमा हिमपात हुने महाशाखाले जनाएको छ ।