संसदीय समितिको छलफलमा प्रधानमन्त्री सहभागी हुने

सहयात्रा टिभी

काठमाडौँ । फागुन १६, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज संसदीय सिमितिको छलफलमा सहभागी हुने भएका छन् ।

राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको छलफलमा प्रधानमन्त्री सहभागी हुने भएका हुन् । बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्दैछ ।

बैठकमा समितिले सरकारलाई दिएका निर्देशन र ध्यानाकर्षण गराएका विषयहरूको हालसम्मको अवस्थाकाबारेमा जानकारी लिने कार्यसूची छ ।

यसका साथै समितिको निरन्तर छलफलबाट पहिचान गरिएका सवालहरूका सम्बन्धमा छलफल गरिने समितिको सचिवालयले जनाएको छ ।

 

 

 

प्रकाशित : 28 February, 2024

प्रतिक्रिया दिनुहोस्