गौतमबुद्ध क्रिकेट रंगशाला निर्माणको लागि टेन्डर आह्वान

सहयात्रा टिभी

काठमाडौं । फागुन १७, चितवनस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको लागि टेन्डर आह्वान भएको छ ।

आज भरतपुर महानगरपालिकाले एक सूचना निकाल्दै रंगशाला निर्माणको लागि टेन्डर आह्वान गरेको हो ।१ अर्बमाथिको ठेक्का आह्वान गरिएको महानगरपालिकाले जनाएको छ ।

आगामी मार्च ३१ गते १२ बजेसम्म टेण्डर हाल्ने अन्तिम समय दिइएको छ। टेण्डर भएको मितिले ३० महिनामा पूरा गरिसक्नुपर्ने भनिएको छ । यो आयोजना लामो समयदेखि अलपत्र परेको थियो । स‌ंघीय सरकारले र‌ंगशाला निर्माणमा सहयोग गर्ने भएपछि आयोजनाको काम अघि बढेको हो ।

महानरपालिकाका वरिष्ठ इन्जिनियर सन्तोष आचार्यले थप १० हजार क्षमताको प्याराफिटसहित मैदानलगायतका भौतिक पूर्वाधार निर्माणका लागि ३० महिनाभित्र काम गरिसक्ने गरी टेण्डर निकालिएको बताए ।

सुरुमा रंगशाला निर्माण थालेको धुर्मस सुन्तली फाण्डेशनले ५ हजार बस्ने प्याराफिट तयार गरिसकेको छ । वरिष्ठ इन्जिनियर आचार्यका अनुसार मैदानसहित ५ वटा पिच, मैदानमा ड्रेनऐजसहित पछिल्लो प्रविधि अपनाएर मैदान निर्माण, २ वटा ३ /३ तलाको टावर बनाइने छ ।

प्रकाशित : 29 February, 2024

प्रतिक्रिया दिनुहोस्