सुनको मुल्यमा बृद्धि चाँदी स्थिर
सहयात्रा टिभी
काठमाडौं । फागुन १७, सुनको मुल्यमा बृद्धि भएको छ । चाँदीको मुल्य भने स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुन तोलामा दुई सय रुपैयाँले बृद्धि भएको हो ।
हिजो एक लाख १८ हजार दुई सय रुपैयाँमा कारोबार भएको सुन आज भने तोलामा दुई सय रुपैयाँले बृद्धि भएर एक लाख १८ हजार चार सय रुपैयाँ भएको छ ।
हिजो एक हजार तीन सय ७५ रुपैयाँमा कारोबार भएको चाँदीको मुल्यमा आज कुनै घटबढ भएको छैन ।