अखिल क्रान्तिकारी निकट विद्यार्थीहरुले लगाए शिक्षा शाखा प्रमुखलाई कालोमोसो

काठमाडौं । फागुन १७, बर्दियाको बढैयाताल गाउँपालिका शिक्षा शाखा प्रमुख विष्णुप्रसाद ढकाललाई अखिल क्रान्तिकारी निकट विद्यार्थीहरुले कालोमोसो दलिदिएका छन् ।
मोहन वैद्य निकट अखिल क्रान्तिकारीले ढकाललाई कालोमोसो दलेको जानकारी प्राप्त भएको छ । बिहान कार्यालय गइरहेको सामयमा बाटोमा रोकेर ढकाललाई कालोमोसो दलिएको जनाएको छ ।
यस घटनाले कर्मचारीहरू त्रसित भएको भन्दै प्रशासकीय अधिकृतले कार्यस्थलमा सुरक्षाको प्रत्याभूतिसँगै दोषीलाई पहिचान गरी हदैसम्मको कारवाही गर्न माग गरेको छन् ।