नेप्से आज १९७२ अंकमा झर्यो

सहयात्रा टिभी

काठमाडौं । फागुन १७, बिहीबार आज सेयर बजारको परिसूचक नेप्से १९७२ अंकमा झरेको छ ।

अघिल्लो दिनको तुलनामा नेप्से २८.६८ अंक (१.४३ प्रतिशत) घटेको हो । दिनभर कुल २ अर्ब ५९ करोड रुपैयाँको कारोबार भयो ।

अघिल्लो दिन २ अर्ब ३ करोडको कारोबार भएको थियो । कुल २२० कम्पनीको मूल्य घट्दा १७ को बढ्यो भने ११ को स्थिर रह्यो ।

बोटलर्स नेपाल बालाजुको मूल्य १० प्रतिशत बढ्यो । यसको मूल्य प्रतिकित्ता २१ हजार ६०५ रुपैयाँ १० पैसा पुगेको छ ।

 

 

 

प्रकाशित : 29 February, 2024

प्रतिक्रिया दिनुहोस्