उतारचढावका बीच नेप्से १९६० अंकमा झर्‍यो

सहयात्रा टिभी

काठमाडौं । फागुन २०, आइतबार सेयर बजारको परिसूचक नेप्से १९६० अंकमा झरेको छ ।

अघिल्लो कारोबार दिनको तुलनामा नेप्से ११.७८ अंक झरेको हो । दिनभरको उतारचढावका बीच बजार घटेको हो । १२ : २४ बजे बजार १९४७ अंकसम्म झरेको थियो भने २ : १२ बजे १९७४ अंकसम्म पुगेको थियो ।

कुल २ अर्ब ८ करोडको कारोबार भएको छ । बिहीबार २ अर्ब ५९ करोडको कारोबार भएको थियो । कुल ६७ कम्पनीको मूल्य बढ्दा १७३ को घट्यो भने ८ को स्थिर रह्यो ।

दुई समूहका सूचक बढ्दा अरु सबै घटे । होटल तथा पर्यटन र उत्पादन समूह क्रमशः ०.५४ र ०.६६ प्रतिशत बढे । ब्यापार समूह भने सबैभन्दा धेरै २.५२ प्रतिशत घट्यो ।

कारोबार रकमका आधारमा सोनापुर सिमेन्ट, शिवम् सिमेन्ट, हिमालयन रिइन्स्योरेन्स, बोटलर्स नेपाल तराई र जोशी हाइड्रोपावर क्रमशः अगाडि रहे ।

 

 

प्रकाशित : 3 March, 2024

प्रतिक्रिया दिनुहोस्